+
+

‘स्काई इज माइन’मा दयाहाङ र भारतीय अभिनेत्री तनिष्ठा चटर्जीको मुख्य भूमिका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते ११:१९

२२ फागुन, काठमाडौं । निर्देशक दीपक रौनियार र निर्माता प्रज्वल राणाले नयाँ फिल्म ‘द स्काई इज माइन’मा सहकार्य गर्ने भएका छन् । आदि फिल्म्सको ब्यानरमा बन्ने यो फिल्ममा छायांकन आगामी मे महिनादेखि सुरु हुने भएको छ ।

फिल्ममा दीपक र प्रज्वलसहित सिंगापुरका जेरेमी चु, नर्वेका एलेन आर मिलिगेन र फ्रान्सका क्यारोल स्कोटाले पनि सहकार्य गर्ने भएका छन् । फिल्ममा बलिउड अभिनेत्री तनिष्ठा चटर्जी, दयाहाङ राई र आशा मगराती मुख्य भूमिकाको लागि अनुबन्धित भएका छन् ।

सन् २००७ को फिल्म ‘ब्रिक लेन’बाट ब्रिटिस इन्डिपेन्डेन्ट फिल्म अवार्डमा उत्कृष्ट बनेकी भारतीय अभिनेत्री चटर्जीका ‘पर्चेड’ र ‘लायन’ फिल्म निकै चर्चित छन् । सन् २०१९ मा बुसान फिल्म फेस्टिभलमा उनले फिल्म ‘रोम रोमी में’बाट एसियाली फिल्ममेकरको रुपमा एसिया स्टार अवार्ड जितेकी थिइन् । उक्त फिल्मलाई चटर्जीले नै निर्देशन गरेकी हुन् ।

मगराती र डेभिड वार्करसँग दीपकले मिलेर लेखेको यो फिल्मले दक्षिणमा एसियामा जातप्रथाको कथा पेश गर्छ । पूजा नाम गरेकी गहुँगोरी वर्णकी प्रहरी अधिकृतको कथा भन्ने फिल्मले एक महिला जासुस पात्रलाई चित्रण गर्छ ।

‘दश वर्षदेखि मैले तनिष्ठाको करिअरलाई पछ्याइरहेको छु । उनका कामलाई निकै मन पर्छन् । हामीसँग समान अनुभव भएका मित्र पनि छन्,’ तनिष्ठाबारे दीपकले भने ।

फिल्ममा चटर्जीले ममता नामक पात्रको भूमिका निर्वाह गर्नेछिन् भने मगरातीले पूजा चरित्रको भूमिका । मगरातीले यसअघि दीपक र दयाहाङसँग फिल्म ‘सेतो सूर्य’मा समेत सहकार्य गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?