
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा नयाँ शाखा विस्तार गरेको छ ।
दमक नगरपालिका–५ स्थित दमकमा आइतबार एक कार्यक्रमको आयोजना गरी दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख ओलीले स्थानीय ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा दिनेमा आफूले विश्वास लिएको बताए ।
बैंकका सञ्चालक रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा दिने प्रतिबद्ध व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारी, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस दमकका अध्यक्ष राजेन्द्र ढकाल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4