
२२ फागुन, दाङ । दुई लाख ५ हजार राशिको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ ।
नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा आइतबार भएको फाइनल खेलमा राप्ती गाउँपालिकालाई हराउँदै प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको हो ।
पूरा खेलमा तुलसीपुरले राप्तीलाइ २५-२०, २३–२५, १९ –२५, २५–१८ र १९–१७ को सेटमा हराउदै भलिबल प्रतियोगिताको उपाधिसँगै नगद दुई लाख ५ हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र जितेको हो ।
तुलसीपुरले पहिलो सेट जिते पनि त्यसपछिका दुई सेट खेल लगातार राप्ती गाउँपालिकाले जितेको थियो ।
बेष्ट अफ फाइभका आधारमा खेलाइएको खेलमा एक सेट जितेर दुई सेट हारेर दवावमा परेको तुलसीपुरले उत्कृष्ट पुनरागमन गर्दै राप्ती गाउँपालिकालाई अन्तिम सेटमा १९–१७ मा हराएको थियो ।
लिग चरणको उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिकासँग हार व्यहोरेको राप्तीले फाइनलमा बद्ला लिने सपना पूरा गर्न नसक्दा उपबिजेतामा चित्त बुझाउन पर्यो ।
उपबिजेता भएको राप्ती गाउँपालिकाले नगद एक लाख पाँच रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सर्बोउत्कृट खेलाडी तुलसीपुर उपमहानगरपालिकाका जर्सी न ४ का खेलाडी मान बहादुर श्रेष्ठ घोषित भए ।
उनले नगद पाँच हजार एक सय, ट्रफी प्रमाणपत्र हात पारे। त्यस्तै वेस्ट स्पाईकर तुलसीपुर उपमहानगरपालिकाकै जर्सी न ६ का धनबहादुर भट्ट क्षेत्री, बेस्ट सेटर जर्सी न २ बिनोद बुढाथोकी, वेस्ट लिब्रो जर्सी न ५ का हरिश बुढाथोकी, वेस्ट ब्लकर राप्ती गाउँपालिकाका जर्सी न ३ का खेलाडी हरि अधिकारी, वेस्ट सरबर राप्तीकै सुवास बोहरा र बेस्ट कोच तुलसीपुरका कमल खत्री घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
गत फागुन १६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दश वटै पालिकाले सहभागीता रहेको थियो । प्रतियोगितामा जिल्लासहित राष्ट्रियस्तरमा खेलाडीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4