+
+

सहकारी संस्थाहरुको अब आफ्नै एटीएम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते २०:५०

२२ फागुन, काठमाडौं । सहकारी संस्थाहरुको अब आफ्नै एटीएम कार्ड जारी हुने भएको छ । आइतबार कार्ड जारी गर्ने विषयमा राष्ट्रिय सहकारी बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज (एसटीसी) र ग्लोबल आइएमई बैंकबीच त्रिपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा एससिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले हस्ताक्षर गरे ।

योसँगै सहकारी संस्थाहरुले ‘कोप कार्ड’को नाममा अब आफ्ना सदस्यहरुलाई एटीएम सेवा दिन पाउनेछन् । सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटीएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ । यस्तो कार्ड यूपीआई नेटवर्कमा जोडिएका जुनकुनै देश र जुनकुनै बैंकको एटीएमबाट पनि प्रयोगकर्ताले नगद झिक्न सकिने एसटीसीका अध्यक्ष सुमन पोखरेलले बताए ।

सम्झौता पछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारको लागि बैंक गइरहनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ । यसअघि एक सय भन्दा बढी सहकारीले आफ्ना सदस्यहरुलाई कार्ड सेवा लउपब्ध गराउदै आएका छन् । एसटीसीका प्रमुख कार्यकारी अधिकृत भुजुले सम्झौताले आफूलाई उत्साहित बनाएको बताए ।

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाईंले यो सम्झौताले सहकारी संस्थाहरुप्रति सदस्यहरुको विश्वसनियता बढ्ने बताए । पछिल्ले समय कार्डरहित कारोबार धेरै हुने गरेको अवस्थामा किन यस्तो सम्झौता गरियो भन्ने प्रश्नमा गुरागाईले अझै ५/७ वर्ष कार्डमा आकर्षण बढ्ने बताए ।

अहिले मतदाताहरुमात्रै १ करोड ८० लाख रहेको भन्दै उनले भने, ‘कार्ड प्रयोगकर्ता अहिले ६० लाख हाराहारीमा मात्रै हुनुहुन्छ, अझै १ करोड २० लाखलाई हामीले जोड्न बाँकी नै छ ।’ सम्झौताले अब सहकारीमा रहेको बचत निकाल्न कार्यालय समय नै कुर्नु नपर्ने भन्दै यसले सहकारीका सदस्यहरुलाई राम्रो सहयोग हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?