+
+

अमेरिकी विदेशमन्त्रीलाई प्रश्न : रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति मारिए के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १२:३०

२३ फागुन, काठमाडौं । रुसले बाह्र दिनदेखि युक्रेनमा घातक आक्रमण जारी राखेको छ । प्रमुख निशानामा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की छन् ।

उनको यसअघि तीन पटकसम्म हत्या प्रयास भएको समाचार सार्वजनिक भएका छन् । यद्यपि त्यो योजनालाई युक्रेनी सेना र स्वयंसेवक लडाकुले विफल बनाएको बताइन्छ ।

गत शनिबार युक्रेनका राष्ट्रपतिले अमेरिकी संसदलाई सम्बोधनको क्रममा यो आफ्नो अन्तिम उपस्थिति हुनसक्ने भन्दै भावुक सम्बोधन गरेका थिए ।

यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनलाई सीबीएस समाचार च्यानलको एक अन्तरवार्तामा प्रश्न सोधियो– यदि रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की मारिए भने के होला ? यस प्रश्नको जवाफमा ब्लिंकनले भनेका छन्– युक्रेन सरकारसँग आकस्मिक योजना छ । यसबारेमा म विस्तारमा भन्न चाहन्न ।

उनी अगाडि भन्छन्– हामी यो कुराको तय गर्ने छौं कि युक्रेन सरकारलाई सत्तामा राखिराख्न के गर्नुपर्छ । यो कुरा ममाथि छाड्दिनुस् ।

अमेरिकी विदेशमन्त्री ब्लिंकनले जेलेन्स्की नेतृत्वको सरकार रुसविरुद्ध डटिरहेको र युक्रेनी जनताले गजबको साहस देखाएको भन्दै प्रशंसासमेत गरेका छन् ।

२४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणको अमेरिकासहित पश्चिमा देशहरुले विरोध गर्दैै रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?