+
+
Shares

पटक–पटक संसद विघटन गर्नेले दण्ड पाउनुपर्छ : महामन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १७:१६

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न स्थानीय चुनावमा हार्न योग्य दल नेकपा एमाले भएको टिप्पणी गरेका छन् । दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको उनको तर्क छ ।

सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा गरेको अन्तर्क्रियामा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो । उसले दण्ड पाउनुपर्छ ।’

उनले अघि भने, ‘आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ।’

२०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।

महामन्त्री थापाले ३० वैशाख २०७९ को चुनाव एक दिन पनि तलमाथि नहुने दाबी गरेका छन् ।

अर्लि इलेक्सनबारे सत्तारुढ गठबन्धनमा भएको छलफलतर्फ संकेत गर्दै उनले एमालेले संसद चल्नै दिएन के गर्ने भनेर छलफल मात्र सुरु भएको बताए ।

महामन्त्री थापाले भने, ‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं । यो दुबै नभए के गर्ने हामीले विकल्प खोजेका छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?