
२३ फागुन, जनकपुरधाम । मिथिला मध्यपरिक्रमामा सहभागी एक तीर्थालुको सोमबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहारकी ५० बर्षीया प्रमिला देवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा पोखरीको सिँढीमा रिंगटा लागेर लडेकी थिइन् ।
उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।
मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टम गरेपछि आफन्तलाई बुझाएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4