२३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनले पार्टीमा देखिएको समस्या हल भएको बताएका छन् ।
सोमबार सकिएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीलाई लिएर जो सदस्या देखा परेको छ, मिडियामा अतिरञ्जित प्रचारहरु पनि देखिएको थियो । तर हामीले धैर्यतापूर्वक, रचनात्मक ढंगले समाधान गर्यौं र पार्टीलाई एकतावद्ध गरेका छौं ।’
बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनबारे नेताहरुलाई फरक मत राख्न दिने र स्थानीय चुनावपछि २० जेठमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने सहमति भएको छ ।
अब पार्टी एउटै कार्यक्रम लिएर आफूहरु चुनावमा जाने प्रचण्डले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4