+
+

बादी समुदायका ५ महिलाको कथामा आधारित पुस्तक राष्ट्रपतिबाट विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १९:१८
पुस्तक विमोचन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी (बीचमा)

२३ फागुन, काठमाडौं । बादी समुदायका पाँच महिलाको कथा समेटिएको अंग्रेजी भाषको पुस्तक ‘नो लंगर अनटेबल’ सार्वजनिक गरिएको छ ।

राष्ट्रिपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गरेकी हुन् । पुस्तकलाई अमेरिकी लेखक सारा डेभिल्स ट्रेसीले लेखेकी हुन् ।

पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब छुवाछूत र मानव बेचबिखनलाई इतिहास बनाउन विश्व समुदाय एकजुट हुनुपर्ने बताइन् ।

लेखक ट्रेसीले पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारतका बिभिन्न सहरमा बेचिएका र उद्धार भई पुनस्र्थापित भएका पाँच बादी समुदायका महिलाको कथा पुस्तकमा समेटिएको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै पुस्तकमा समावेश गरिएकी एक पात्र देवीसरा हन्ना बादीले आफूले आँखै अगाडि देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना आउँदा खुसी लागेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?