+
+

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीले लिए अर्थमन्त्री र गभर्नरसँग ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १९:५०
प्रधानमन्त्री शेरबहादुर देउवा/फाइल तस्वीर

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट ब्रिफिङ लिएका छन् ।

सोमबार बिहान वालुवाटारमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीसँग करिब २ घण्टा छलफल गरेका छन् । १० बजेबाट सुरु भएको छलफलमा अर्थतन्त्रको पछिल्लो अवस्थाबारे कुराकानी भएको अर्थमन्त्री शर्माको सचिवालय स्रोतले जनाएको छ । ‘पछिल्लो अवस्था र नेपालले बढी सतर्क हुनु पर्ने क्षेत्रबारे विस्तृतमा छलफल भएको छ,’ स्रोतले भन्यो ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच राम्रो सम्बन्ध नभएको टिप्पणी समेत भइरहेको सन्दर्भमा प्रधानमन्त्रीले दुवै निकायको समन्वय र सहकार्यबाटै संकटबाट पार लगाउन सकिने सुझाव दिएको समेत बताइएको छ । ‘दुई निकायबीच राम्रो सम्बन्ध रहनुपर्छ भन्ने सन्देश दिन समेत आजको छलफल भएको हुनसक्छ,’ स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?