+
+

‘हर्ट अफ स्टोन’बाट हलिउडमा डेब्यु गर्दै आलिया

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते ११:३१

२४ फागुन, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट फिल्म ‘गंगुबाई काठियावाडी’बाट थप चर्चामा छिन् । यो फिल्मले भारतीय बक्स अफिसमा १०० करोडको व्यापारिक आँकडा पार गरिसकेको छ ।

आलिया अब हिन्दी फिल्मका दर्शकका अलावा अन्तर्राष्ट्रिय दर्शकलाई प्रभावित पार्नका लागि तयार छिन् । उनी फिल्म ‘हर्ट अफ स्टोन’मार्फत हलिउडमा डेब्यु गर्दैछिन् । यो फिल्ममा गाल गडोट र जेमी डोरम्यानको मुख्य भूमिका छ ।

नेटफ्लिक्समा रिलिज हुने ‘हर्ट अफ स्टोन’लाई टम हार्परले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?