
२४ फागुन, काठमाडौं । फिल्म ‘२ नम्बरी’को छायांकनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन् । चैत १ गतेबाट छायांकन हुने यो फिल्मका लागि उनी नेपाल आएकी हुन् ।
दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्ममा दयाराङ राई, वर्षा राउत र उगेनको मुख्य भूमिका रहनेछ ।
दुई वर्षअघि नै १० प्रतिशत छायांकन सकिएको भएपनि कोरोना महामारीका कारण बीचमै रोक्नुपरेपछि फेरि सुरुबाटै फिल्मको छायांकन गर्न लागेको निर्माणपक्षले जनाएको छ ।
‘२ नम्बरी’का निर्माता किरण नेपाली हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4