
पोखरा । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
युरोपियन लिडिङ ब्राण्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले हालै पोखरामा स्कोडा कार र एसयूभीको बिक्री वितरणका लागि एसएसएल मोटरसाइकल डिलरलाई जिम्मेवारी दिएको हो ।
नेपाली बजारमा एमएडब्ल्यूले सन् २००८ देखि स्कोडा कार बिक्री वितरण गर्दै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् ।
देशभर स्कोडा कारको उपलब्धता सहज बनाउन डिलर डेभलपमेन्टलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । यसैअनुरुप एमएडब्ल्यूले पोखरामा युरोपियन मापदण्डको नयाँ शोरुम स्थापना गरेको हो ।
नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले सोमबार एक कार्यक्रमका बीच शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पुर्याउन प्रतिबद्ध छौं,’ उनले भने ।
नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने विश्वास व्यक्त गरे । ग्राहकमुखी सेवाप्रति प्रतिबद्ध रहँदै कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको उनले बताए ।
पोखरामा शोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रमको आयोजना गरेको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए ।
प्रतिक्रिया 4