+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हिमाली प्रेमकथाको फिल्म ‘मन्त्र’ वैशाख १६ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १३:३०

२४ फागुन, काठमाडौं । हिमाली क्षेत्रको प्रेमकथामा आधारित सौगात मल्ल र दीया पुन स्टारर फिल्म ‘मन्त्र’को प्रदर्शन मिति घोषणा भएको छ । कोरोना महामारीका कारण पटक–पटक रिलिज स्थगित गरेको फिल्मले आगामी वैशाख १६ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक खिलबहादुुर गुरुङले उक्त मितिमा फिल्मलाई रिलिज गर्न लागिएको जानकारी दिए । अन्तर्राष्ट्रिय नारी दिवस र अभिनेत्री दीया पुनलाई सगरमाथा आरोहणका लागि बिदाइ गर्न आयोजित कार्यक्रममा फिलमको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो ।

रिलिज मितिबारे निर्देशक गुरुङले भने, ‘केजीएफजस्ता ठूला भारतीय फिल्म र वैशाख ३० गते हुने स्थानीय चुनावलाई ध्यानमा राखेर प्रदर्शन मिति फाइनल गरेका छौं ।’

गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले हिमालमा बस्नेहरुको प्रेमकथा भन्छ । ‘यो कल्चरल फिल्म समेत हो । हिमालमा बस्ने केटाले केटीलाई गर्ने मायाको शैली प्रस्तुत गर्ने प्रयास गरेका छौं,’ निर्देशक गुरुङले भने, ‘यसले त्यहाँको संस्कृतिलाई पनि बुझ्न मद्दत गर्छ ।’

अभिनेत्री पुनले आफ्ना लागि संख्याभन्दा पनि फिल्मको गुणस्तरले अर्थ राख्ने बताइन् । ‘मलाई यस्तै कल्चरल र क्वालिटी फिल्ममा काम गर्न मन छ,’ उनले भनिन्, ‘संख्याभन्दा पनि क्वालिटीको पछि लाग्दा कमै फिल्ममा काम गरेकी छु ।’

अभिनेता सौगात मल्लले पनि एउटै खाले फिल्ममा काम गर्दागर्दा दिक्क लागेको बताए । ‘एक्टरको रुपमा यस्तो महसुस सबैलाई हुन्छ,’ उनले भने, ‘तर मन्त्र यस्तो लभस्टोरी हो, जसले सबै दर्शकलाई अग्र्यानिक स्वाद चखाउँछ ।’

कार्यकारी निर्माता देवेन्द्र मानन्धरले त्यतिबेलाको हिमाली प्रेमकथा बुझ्न पनि अहिलेको पुस्ताको दर्शकले ‘मन्त्र’ हेर्नुपर्ने बताए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?