+
+

एमसीसी लिनु नेपालको अधिकार : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसीको सहयोग लिनु नेपालको अधिकार भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १८:३६

२४ फागुन, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसीको सहयोग लिनु नेपालको अधिकार भएको बताएका छन् ।

उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि अमेरिकाले एमसीसी परियोजना ल्याएकाले नेपालले आफ्नो अधिकार प्रयोग गर्दै माग गरेको बताए ।

नेपाल प्रेस युनियन रूपन्देहीले मंगलबार तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा उत्पादित विजुली विदेशमा बेच्न प्रशारण लाइन र सडक बनाउनु राष्ट्रघाती नहुने दावी गरे ।

उनले नेपालका धेरै कम्युनिस्ट पार्टी एमसीसीका विषयमा दोधारमा रहेको पनि टिप्पणी गरे । ‘कम्युनिष्टहरू सरकारमा हुँदा माइतीघर मण्डलामा विरोध गर्न पाइदैनथ्यो, तर अहिले संसदबाट एमसीसी पारित हुँदा पनि विरोधमा प्रदर्शन गरिरहेका छन्, सरकारले सुरक्षा दिएको छ’ उनले भने ।

गृहमन्त्री खांणले कांग्रेस जहिले पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै वर्तमान सरकार पनि आलोचना सहन तयार रहेको बताए ।

सो कार्यक्रममा प्रेस युनियनमा आवद्ध पत्रकारहरु हरिष ढकाल र माधव नेपाललाई जनही २५ हजार नगद राशीको जीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७६ र २०७७ प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?