
२४ फागुन, काठमाडौं । युक्रेनमाथि रुसी हमला सुरु भएको दुई हप्ता भैसकेको छ । यसबीचमा युक्रेनका विभिन्न सहरहरु क्षतविक्षत् बनिरहेका छन् । ठूलो संख्यामा धनजनको क्षति भएको छ । १० लाख युक्रेनीहरु शरणार्थी बनेर छिमेकी मुलुकहरुमा पसिसकेका छन् । रुसी आक्रमण जारी रहेसँगै युद्ध चर्किँदो छ ।
यसबाट विभिन्न उद्योग तथा संस्थाहरुमा पनि यसको असर परेको छ । त्यसरी युद्धको असर भोग्नेमा कतिपय गैरराजनीतिक तथा वैज्ञानिक क्षेत्र पनि छन् जसको युद्ध तथा राजनीति सँग कुनै लिनुदिने छैन वल्कि सिधै मानव जाति, पृथ्वी ब्रम्हाण्डसँग सम्बन्धित छ । एउटा यस्तै वैज्ञानिक अनुसन्धानलाई पनि यो युद्धले असर पार्ने देखिएको छ ।
वास्तवमा वैज्ञानिक अनुसन्धानका लागि अन्तराष्ट्रिय सम्झौता हुनका लागि दशकौँ लाग्दछ । यस्ता अनुसन्धानको एकमात्र उद्देश्य केवल प्राविधिक तथा वैज्ञानिक विकास गर्नु र ज्ञानलाई एक ठाउँबाट अर्को ठाउँमा बाँड्नु हुन्छ ।
तर युक्रेनमाथिको हमलासँगै पश्चिमा मुलुकहरुबाट कडा प्रतिबन्धको सामना गरिरहेको रुसले आफुलाई विश्वभरका वैज्ञानिक अनुसन्धानहरुलाई अलग गर्नसक्ने सम्भावना बढेको छ । यदि रुसले त्यस्तो कदम चालेमा वैज्ञानिक अनुसन्धानमा क्षति पुग्नेछ । कुनै न कुनै रुपले रुस जोडिएका विश्वका केही अहम् वैज्ञानिक अनुसन्धान यस्ता छन् :
· ITER विश्वको सबैभन्दा ठूलो परमाणु अनुसन्धान
यो विश्वको सबैभन्दा ठूलो आणविक फ्युजन अनुसन्धान सम्बन्धी प्रयोग हो । त्यसमा रुस, अमेरिका, चीन सहित विश्वका ३५ वटा देश संलग्न छन् । सूर्यमा हुने फ्युजन रिएक्सनलाई पृथ्वीमा प्रयोगशालामा समेत सम्भव तुल्याउन यी देशका वैज्ञानिकहरु जुटिरहेका छन् । यदि यो अनुसन्धान सफल भएमा भविष्यमा असिमित स्वच्छ उर्जा प्राप्त हुनेछ ।
युक्रेन हमलापछि आलोचित रुसले अहिलेसम्म यो परियोजनाबाट हात झिकेको घोषणा त गरेको छैन तर सम्भावना भने बढेको छ । इटरका प्रवक्ता लाबन कोब्लेट्सले परियोजनाबाट रुस बाहिरिने कुनै जानकारी प्राप्त नभएको बताउँछन् । यो परियोजनाको सुरुवात शीतयुद्ध पश्चात् भएको थियो । पूरै मानव जातिलाई फाइदा पुग्नेगरी उत्कृष्ट र स्वच्छ उर्जाको श्रोत तयार गर्नु यसको उद्धेश्य हो ।
ITER को इतिहासमा पनि यसका सदस्यहरुबीच राजनीतिक मतभेद रहँदै आएको छ । व्यापारिक, सीमा सम्बद्ध विवादका साथै अन्य पहलुहरुमा हुने विवादपश्चात् पनि यो परिायेजनामा अहिलेसम्म कुनै असर परेको थिएन । यत्तिका वर्षसम्म राजनीतिक विवादको असर नपरेको यो परियोजनाको भविष्यमा अहिले आएर चाहीँ कालो बादल मडारिन थालेको अनुमान गरिएको छ ।
ESA : युरोपेली अन्तरीक्ष एजेन्सीको रकेट प्रक्षेपण
युक्रेनमा रुसी हमलाको विरोध गर्नेमा युरोपेली स्पेस एजेन्सी (इएसए) सबैभन्दा अगाडि रह्यो । फेब्रुअरी २८ मै इएसएले रुसको आलोचना गर्दै युक्रेन विरुद्ध युद्ध छुड्नु दुखद भएको बताएको थियो ।
साथै उसले आफ्ना मित्रहरुको मद्दत गर्ने र अन्तरीक्ष कार्यक्रमलाई युरोपेली मूल्य अनुसार चलाउने जनाएको थियो । इएसएले सदस्य मुलुकहरुले रुसमाथि लगाएका प्रतिबन्धको पनि समर्थन गरेको छ ।
पछिल्लो घटनाक्रमसँगै ExoMars मिसनमा पनि ढिलाई हुनसक्ने स्पेस एजेन्सीले बताएको छ । किनकी यो मिसनमा इएसएले रुससँग सहकार्य गरिरहेको थियो । यहीँ वर्ष सन् २०२२ मा हुने उक्त रकेट प्रक्षेपण पछाडि धकेलिने पक्का भएको छ । यो मिसनको उद्धेश्य मंगल ग्रहमा प्राचीन तथा नवीन जिवनको खोजी गर्नु हो । स्मरण रहोस् रुसले यसअघि नै इएसएका लागि रकेट प्रक्षेपण गर्न बन्द गरिसकेको छ ।
- ISC : द इन्टरनेसनल साइन्स काउन्सिल
यो एक गैरसरकारी संस्था हो । आएससीले विश्वभरका वैज्ञानिक संस्थाहरुलाई जोड्ने का मगर्दछ ता कि विज्ञान तथा अनुसन्धानको क्षेत्रलाई प्रवद्र्धन गर्न सकियोस् । आइएससीले पनि युक्रेनमाथि रुसी हमलाको विरोध गरेको छ । यद्यपि यसले रुससँगको सम्बन्ध अन्त्य गरिसकेको भने छैन ।
वैज्ञानिक समुदायलाई अलगथलग गर्नु पूरै समाज र धर्तीकै लागि नोक्सानदायी हुने संस्थाको भनाई छ । त्यसैले रुससँग सुमेरु महासागर र अन्तरीक्षमा अनुसन्धान जारी रहने उसले जनाएको छ । तर रुसले यदि यो संस्थासँगको सम्बन्ध तोडेमा यसका अनुसन्धान कार्य प्रभावित हुनेछन् ।
- CERN : हिग्स बोसोनको खोज गर्ने प्रयोगशाला
युरोपको सबैभन्दा ठूलो प्रयोगशाला हो CERN। यो विश्वको सबैभन्दा ठूलो परमाणु विच्छेदक प्रयोगशाला पनि हो । यसलाई लार्ज हेड्रन कोलाइडर भनिन्छ ।
यो प्रयोगशालामा पनि रुसी वैज्ञानिक सहभागी छन् । यो संस्थाले हालसम्म रुसी हमलाका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । हालसम्म यसमा कार्यरत कुनैपनि देशका वैज्ञानिकलाई फिर्ता बोलाइएको अवस्था छैन ।
- अन्तराष्ट्रिय स्पेस स्टेशनः
अन्तराष्ट्रिय स्पेस स्टेशन अर्थात् आइएसएस विभिन्न देशबीचको वैज्ञानिक सम्झौताको सबैभन्दा ठूलो उदाहरण हो । यो स्पेस स्टेशनमा नासा, रोस्कोमस, जापान एरोस्पेस एजेन्सी, युरोपेली स्पेस एजेन्सी, क्यानेडियन स्पेस एजेन्सी सहभागी छन् । स्पेस स्टेशन निर्माणको काम सन् १९९८ मा सुरु भएको थियो । युक्रेन हमला पश्चात् अन्तरीक्ष स्टेशनको काम प्रभावित भैरहेको छ ।
रुसी स्पेस एजेन्सी रस्कोसमसले स्पेस स्टेसनमा जर्मनीसँग भैरहेका सबै वैज्ञानिक प्रयोग रद्द गरिएको भन्दै गत मार्च ३ मा ट्वीटरमा घोषणा गरेको थियो । यसअघि उसले स्पेस स्टेसनलाई भारत तथा चीनमाथि खस्नबाट कसले रोक्न सक्छ ? भन्ने चेतावनी समेत दिएको थियो ।
पछिल्लो परिस्थिति हेर्दा स्पेस स्टेशन सन् २०३१ अगाडि नै बन्द हुने सम्भावना बढेको छ । हाल स्पेस स्टेसनमा ७ जना अन्तरीक्षयात्री छन् । जसमध्ये रुसका एन्टोन शखापलेरोभ र पिटोर डुबरोभ छन् । उनीहरुसँगै अमेरिकाकी कायला ब्यारोन, मार्क टी वान्डे, राजा चारी, थोमस मार्शबम र जर्मनका म्याथियास मोरेर स्पेस स्टेसनमा रहेका छन् ।
गत फेब्रुअरी २८ मा स्पेस अपरेसन्स मिसन निर्देशनालयका उपप्रमुख तथा नासाका मानव उडान कार्यक्रमका प्रमुख अधिकारी क्याथी ल्यूडर्सले हालको विश्व परिस्थितिका बारेमा सबै जानकार रहेपनि अन्तरीक्ष स्टेशनमा रहेका सातैजनाले संयुक्त टिमको रुपमा काम गरिरहेको बताएका थिए । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4