+
+
Shares

युक्रेनको जेललाई लक्षित गर्दै रुसको आक्रमण, २० जनाको मृत्यु, ४० घाइते

रासस रासस
२०८२ साउन १३ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनमा रूसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु र ४० भन्दा बढी घाइते भएका छन्।
  • जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमणमा १६ जनाको मृत्यु र ३५ जना घाइते भएका छन्।
  • ड्निप्रोपेट्रोभस्क क्षेत्रमा आक्रमणमा धेरै मानिस मारिएका र घाइते भएका छन्।
१३ साउन, किएभ । युक्रेनमा रुसी हमलामा कम्तीमा २० जनाको मृत्यु र ४० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
सैन्य प्रशासनका प्रमुख इभान फेडोरोभका अनुसार रूसले जापोरिझिया क्षेत्रमा जेल लक्षित आक्रमण गरेको थियो ।
‘१६ जनाको मृत्यु भएको छ, ३५ जना घाइते भएका छन्, परिसर ध्वस्त भएको र नजिकैका घरहरू क्षतिग्रस्त भएको उल्लेख गर्दै उनले टेलिग्राममा भने ।
क्षेत्रीय सरकारी अधिकारीहरूका अनुसार ड्निप्रोपेट्रोभस्क क्षेत्रमा भएको आक्रमणमा धेरै मानिस मारिनुका साथै र कयौं घाइते भएका छन् ।
काम्यान्स्के सहरमा भएको क्षेप्यास्त्र आक्रमणमा दुई जनाको मृत्यु भएको, पाँच जना घाइते भएको र अस्पताललाई क्षति पुगेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्गी लिसाकले बताए ।
यस क्षेत्रको सिनेनिकिभ्स्की जिल्लामा भएको आक्रमणमा अर्का एक व्यक्तिको मृत्यु भएको र धेरै घाइते भएको पनि उनले जानकारी दिए ।
सोमबार राति भेलिकोमिखायलिभस्कामा भएको छुट्टै आक्रमणमा ७५ वर्षीया महिलाको मृत्यु हुनुका साथै एक ६८ वर्षीय व्यक्ति घाइते भएको र एउटा निजी घर क्षतिग्रस्त भएको उहाँले बताए ।
दक्षिणी रुसमा युक्रेनी ड्रोन हमलामा एक जनाको मृत्यु भएको यस क्षेत्रका कार्यवाहक गभर्नरले मङ्गलबार बताएका छन् ।
सन् २०२२ मा आक्रमण सुरु भएदेखि नै धेरै हदसम्म छुट्याइएका क्षेत्रहरूमा नयाँ प्रगति गरेको रुसको ग्रीष्म आक्रमणलाई हटाउन किएभले प्रयास गरिरहेको छ ।
सप्ताहन्तमा रूसी सेनाले यस क्षेत्रको पहिलो गाउँ कब्जा गरेको केही हप्तापछि आफ्नो सेनाले ड्निप्रोपेट्रोभस्कको ‘मालियेभ्काको बस्ती मुक्त’ गरेको बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार मस्कोलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘करिब १० वा १२ दिनको समयसीमा’ जारी गरेका छन् ।
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?