
२५ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति फेरि सरेको छ । यही मार्च २१ र २२ तारिखका लागि तय गरिएको निर्वाचनको मिति २४ र २५ तारिखमा सारिएको छ ।
उम्मेदवारको मनोनयनको समय थप गर्नुपर्ने भएकोले निर्वाचनको मिति ३ दिन सारिएको निर्वाचन समितिले जानकरी गराएको छ ।
अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा मनोनयनको म्याद शुक्रबार (११ मार्च) अपरान्ह ५ बजेसम्मका लागि बढाइएको छ ।
संस्थापन पक्षले निर्वाचन प्रकृयालाई अगाडि बढाए पनि अर्को पक्षले भने एकपक्षीय निर्वाचन स्वीकार्य नहुने बताएको छ ।
हालका अध्यक्ष कुमार पन्तले आईसीसीको बैठक बोलाएर संरक्षक परिषद् र उच्चस्तरीय समिति भंग गरेका थिए । त्यसयता एनआरएनएभित्रको विवाद अझै उत्कर्षमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4