+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

देश अनुकुल भएर नै एमसीसीको वकालत गर्‍यौं : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १३:५९

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देशको हित अनुकुल भएकाले कांग्रेसले वकालत गरेको बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका-३१ को शंखमुलमा बुधबार भएको कार्यक्रममा बोल्ने क्रममा सिंहले भने,‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हो। नेपालको आवश्यकता अनुसारको सहयोग गरियोजना हो ।’

सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्ने कांग्रेसको प्रवृत्ति नभएको उनले बताए ।

राष्ट्रघाती भए संघीय संसदबाट पास गर्न नसकिने उनको जिकिर छ। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?