+
+

‘रियल मड्रिड अझै जीवित छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते ११:५८

२६ फागुन, काठमाडौं। ‘रियल मड्रिड अझै जीवित छ’, ३४ वर्षीय स्ट्राइकर करिम बेन्जेमाले भने । जसले च्याम्पियन्स लिगको नकआउट चरणमा पेरिस सेन्ट जर्मेइन-पीएसजी)लाई स्तब्ध पार्न दोस्रो हाफमा ह्याट्रिक पूरा गरे ।

केलियन एम्बाप्पेले ३९औं मिनेटमा गोल गरेपछि पीएसजी समग्रमा २-० ले अघि बढेको थियो । अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजीले १–० को होम जित हासिल गरेको थियो ।

खेलको ६० मिनेटसम्म पीएसजी क्वाटरफाइनलका लागि आश्वास्त देखिएको थियो । तर, बेन्जेमाले १७ मिनेटको अन्तरमा तीन गोल गरी नतिजा उल्टाइदिए । रियलले ३-१ ले खेल जित्यो । समग्रमा ३–२ को नतिजाले कीर्तिमानी १३ पल्टको च्याम्पियन रियललाई क्वाटरफाइनलमा पुर्‍याइदियो ।

पीएसजीको क्षमता र स्तरलाई हेर्ने हो भने यो अविश्वसनीय पतन हो । तर, इतिहासमा दोस्रोपटक । पाँच वर्षअघि यहि दिन बार्सिलोनाले पहिलो लिगमा ब्यहोरेको ४–० को नतिजा उल्ट्याएर नोउ क्याम्पमा ६–१ ले खेल जितेको थियो ।

लियोनल मेस्सी र नेइमार त्यतिबेला बार्सिलोनाका लागि खेल्थे । तर, यसपल्ट दुवै निरिह देखिए । निर्णायक खेलमा चुक्ने पीएसजीको खराव इतिहासबाट छुटकारा दिलाउन उनीहरु पनि असमर्थ रहे ।

गएराति रियलको पुनरागमन त्यतिबेला बार्सिलोनाको नाटकीय प्रदर्शनसँग मेल त खाँदैन । बेन्जिमाले ७८औं मिनेटमै टिमलाई अग्रता दिलाएका थिए । त्यतिबेला बार्सिलोनाले ९५औं मिनेटमा जित निश्चित गरेको थियो । त्यतिबेलाजस्तो ४–० बाट पुनरागमन गर्नुपर्ने स्थिति यसपल्ट रियललाई थिएन ।

कतारमा हुन लागेको विश्वकपको वर्ष तेल समृद्ध खाडी मुलुकको लगानी रहेको पीएसजीले च्याम्पियन्स जित्नकै लागि नेइमार, एम्बाप्पे र मेस्सीको समायोजनसहित असीमित खर्च गरेको थियो । अन्तिम १६ सम्मका लागिमात्र थिएन ।

यो हारले प्रशिक्षक माउरिसियो पोचेटिनोको भविष्यलाई गम्भीर संकटमा पुर्‍याइदिएको छ । बार्सिलोनाबाट मेस्सीको पीएसजी आगमन र कतारी स्वामित्वको क्लबले खेलाडी ट्रान्सफरमा गरेको अरवौं युरोको लगानीमा पनि प्रश्न उठेको छ ।

‘हामीले आफ्नो भावनालाई राम्रोसँग व्यवस्थित गर्ने सकेनौं । हामी सन्तुलित थिएनौं,’ खेलपछि पोचेटिनोले भनेका छन् ।

एम्बाप्पेले पीएसजीबाट बहिर्गमनको नजिक छन् । २३ वर्षीय फ्रान्सेली स्ट्राइकरको पीएसजीसँगको सम्झौता यही सिजनको अन्तिममा सकिँदैछ । सम्भावित नयाँ घर– सान्टियागो बर्नबाउमा उनले सानदार प्रदर्शन गरे । जहाँ रियलका समर्थकले उनको पक्षमा नाराबाजी गरे गरेका थिए ।

एम्बाप्पेको विश्वब्यापी माग अझै बढाउनका लागि उनले थप एक गोल गर्नुपर्थ्‍यो । उनलाई किन विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिन्छ भन्ने उनले देखाइसकेका छन् । खेलको अन्त्यतिर रियलले पनि प्रमाणित गरेको छ कि पीएसजीको तुलनामा उसले अझै धेरै युरोपेली सफलता हासिल गर्ने सम्भावना छ ।

सन् २०१८ मा रियलले पछिल्लोपल्ट च्याम्पियन्स लिगको उपाधि जित्दा जिनेदिन जिदानले प्रशिक्षण संहालेका थिए । अर्को सिजन पनि उपाधि जित्नसक्ने चर्चा र सम्भावना हुँदा हुँदै उनले पदबाट राजीनामा दिए । अहिले कार्लो एन्सेलोटी प्रशिक्षित रियलले क्वाटरफाइनल प्रवेशमै सन्देह थियो ।

पेरिसमा पहिलो लेगको हार र दोस्रो लेगमा ६० मिनेटसम्म पछि पर्दा उनीहरु लगभग आत्मसमर्पणको नजिक पुगिसकेका थिए । रियललाई गतिहीन हुँदै गएको र ३५ वर्ष आसपासका पाका खेलाडी नै अहिलेसम्म टिमको महत्वपूर्ण अंग रहेकाले ठूलो उपलब्धी हासिल गर्न नसक्ने आलोचनात्मक अनुमान गरिन्थ्यो ।

रियलले युरोपेली स्तरमा आफूलाई महारथि प्रमाणित गरेको यो पहिलोपल्ट भने होइन । अनुभव, विश्वास र इच्छाशक्तिको माध्यमबाट रियल सधैं अगाडि बढ्ने प्रयास गरिरह्यो । ‘हामीले धेरै कुराहरु सहेका छौं । तर हामी विश्वस्त थिर्यौं । हामीले पहिलो गोल गरेपछि मैदानमा एउटा टिममात्र थियो,’ एन्सेलोटीले भने ।

‘हामीले यो खेल मानसिक शक्तिका कारणले जितेका हौं,’ बेन्जेमाले भनेका छन् । बेन्जेमा अहिदे विश्वकै सबैभन्दा उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन् । उनी एक अलराउण्डर हुन् र उमेरको साथसाथै सुध्रिँदै गएका छन् । उनको सन्देश पनि फ्रान्सेली राष्ट्रिय टोलीका साथी खेलाडी एम्बाप्पेसँग रियलको जर्सीमा खेल्नु हो ।

लुका मोड्रिचको प्रदर्शन पनि उल्लेखनीय रह्यो । दोस्रो हाफमा मैदान छिरेका उनले बेन्जेमाको दोस्रो गोलका लागि दिएको रिभर्स पास अविश्वसनीय थियो । थियावट कोर्टवा विश्वका उत्कृष्ट गोलरक्षकमध्येका एक हुन् । एम्बाप्पेको कम्तिमा २ शशक्त प्रहार उनले बचाए ।

अझै पनि रियल मड्रिड टिम जर्मन महारथी बायर्न म्युनिख तथा प्रिमियर लिगका शीर्ष क्लबजस्तो गतिशील छैन । र पनि एन्सेलोटी एक विशेषज्ञ प्रशिक्षक हुन् । उनी पेप ग्वार्डिओला, जर्गेन क्लोप र जुनियल नेगेल्सम्यानजस्ता दूरदर्शी प्रशिक्षक होइनन् । तर उनी एक खेलका नतिजा फरक पार्न सामरिक रणनीतिका लागि सबैभन्दा अगाडि मानिन्छन् ।

तर पनि रियल मड्रिड जीवित छ । आफ्नो परम्परागत प्रबृत्तिका साथ पीएसजीमाथिको पुनरागमन जितपछि समर्थकले एकै स्वरमा नारा लगाएका थिए,‘हामी यसरी नै जित्छौं ।’ यो तथ्यलाई अस्वीकार गर्न कठिन थियो । एजेन्सीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?