+
+

मोटरसाइल चोरीको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १५:०९

२६ फागुनझापा । झापाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरापलिका-७ का २१ वर्षीय प्रकाश सहनी२४ वर्षीय प्रकाश दर्जी२१ वर्षीय दीपक उराउ२२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ का ३० वर्षीय बिर्ख लिम्बु र भारतको किसनगं‌ज वीरखोरका मोहम्मद समिम छन् ।

प्रहरीका अनुसार गत सोमबार बिर्तामोडस्थित एभरेष्ट बैंकको पार्किङ क्षेत्रबाट मोटरसाइकले चोरी गरी भाग्दै गरेका प्रकाश सहनीलाई पक्राउ गरेपछि उक्त चोरी कार्यमा सं‌लग्न गिरोहका अन्य सदस्यहरूको पहिचान भएको र सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुको साथबाट पाँच थान पल्सरएकथान अपाचे र एक थान सुपर एक्स्प्लेन्डर गरी ७ थान मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट अनुमति लिइसकेको प्रहरीले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?