
प्रतीकात्मक तस्वीर
१९ भदौ, काठमाडौं । डिल्लीबजार कारागारको पार्किङमा राखिएको स्कुटरको डिक्की फुटाएर चोरी भएको छ ।
चोरीको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–८ घर भएका ३४ वर्षीय सविनकुमार श्रेष्ठ र काभ्रेको रोशी गाउँपालिका–३ का ३१ वर्षीय पाल्साङ दोर्जे छन् । प्रहरी वृत्त मालिगाँउबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
१५ भदौको दिउँसो १२ बजेतिर उनीहरूले कारागार कार्यालयको कम्पाउन्डमा राखेको बा ७६ प ७२५२ नम्बरको स्कुटरको डिक्की फुटाएर चोरी गरेको आरोप छ ।
उनीहरूले उक्त स्कुटरको डिक्कीबाट नगद १२ हजार, पर्स, एटीएम, लाइसेन्स, आइफोन, सामसुङ र ओप्पो मोबाइल चोरी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4