+

बार्सिलोना बराबरीमा रोकियो

२०७८ फागुन  २७ गते ८:५५ २०७८ फागुन २७ गते ८:५५
बार्सिलोना बराबरीमा रोकियो

२७ फागुन, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युरोपा लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा टर्किस क्लब गालातासारेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । फ्रेन्की डे जोङ र मेम्फिस डिपाएले अवसर पाएपनि फिनिसिङ गर्न सकेनन् ।

बार्सिलोना र गलातासारेबीचको दोस्रो लेग अर्को हप्ता गलातासारेको मैदानमा हुनेछ ।

युरोपालिग अन्तर्गत नै अन्य खेलमा फ्रेन्च क्लब मोनाको ब्रागासँग २-० ले पराजित भयो ।

यस्तै इटालियन क्लब एट्लान्टाले जर्मन क्लब बायर लेभरकुसेनलाई ३-२ ले तथा रेन्जर्सले एफक्रेभेनालाई ३-० ले हराएको छ ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय