News Summary
Generated by OK AI. Editorially reviewed.- स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना मायोर्कालाई ३-० ले पराजित गरेको छ।
- बार्सिलोनाले २३ खेलबाट ५८ अंक जोडेर दोस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ।
- रोबर्ट लेवान्डोस्की, लामिन यामल र मार्क बर्नानले गोल गर्दै बार्सिलोनाको जितमा योगदान गरेका थिए।
२५ माघ, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना मायोर्कालाई शनिबार ३-० ले पराजित गरेको छ । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ ।
बार्सिलोनाको २३ खेलबाट ५८ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५४ अंक छ ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रोबर्ट लेवान्डोस्कीले २९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
लामिन यामलले ६१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । युवा खेलाडी मार्क बर्नानले ८३ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको सहज जितमा योगदान गरे ।
प्रतिक्रिया 4