News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी-२० विश्वकपमा भारतले अमेरिकालाई २९ रनले पराजित गरी विजयी सुरुवात गरेको छ।
- भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले १३२ रन मात्र बनाउन सक्यो।
- कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ८४ रन बनाएर भारतको संकटपूर्ण अवस्थामा इनिङ उकासेका थिए।
२४ माघ, मुम्बई । शनिबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकपमा आयोजक तथा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ ।
भारतले अमेरिकालाई २९ रनले पराजित गरेको हो । भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरा २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।
शुभम रन्जाने र सञ्जय कृष्णमुर्तीले समान ३७ रन बनाए । भारतका लागि मोहम्मद सिराजले ३ विकेट लिँदा अर्शदीप सिंह र अक्षर पटेलले २-२ तथा वरुण चक्रवर्तीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
कप्तान सूर्यकुमार यादवले सर्वाधिक अविजित ८४ रनको शानदार पारी खेले । भारत ४६-४ अनि ७७-६ को संकटपूर्ण अवस्थामा हुँदाबाट कप्तान सूर्यकुमारले इनिङ उकासेका थिए । तिलक वर्माले २५ रन बनाए ।
अमेरिकाका लागि शाड्ली भान शाकवाइकले ४ विकेट लिँदा हर्मीत सिंहले २ विकेट लिए ।
आजै भएको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तथा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो ।
प्रतिक्रिया 4