+

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

२०८२ माघ  २४ गते १८:१८ २०८२ माघ २४ गते १८:१८
बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै उपाधि रक्षा गरेको छ।
  • खेलको ४२औं मिनेटमा कप्तान जुलान नोङमैथेनले गोल गर्दै भारतलाई अग्रता दिलाइन्।
  • च्याम्पियनसिपमा भारतकी मुन्नी उत्कृष्ट गोलकिपर र बंगलादेशकी अल्पी अख्तर सर्वाधिक गोलकर्ता तथा मोष्ट भ्यालुएबल प्लेयर बनेकी छन्।

२४ माघ, काठमाडौं । बंगलादेशलाई हराउँदै भारतले साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले उपाधि रक्षा गरेको हो । पहिलो हाफमा एक गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

खेलको ४२औं मिनेटमा कप्तान जुलान नोङमैथेनले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाइन् । ६३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतकी एलिजावेद लक्राले गोल गरिन् ।

बंगलादेशी गोलकिपरले गल्ती गर्दै भारतले ६८औं मिनेटमा तेस्रो गोल गर्‍यो । भारतकी पर्ल फर्नान्डेजले गोल गर्दै अग्रता तेब्बर बनाएकी हुन् । ८३औं मिनेटमा अन्विता रघुरमनले गोल गर्दा भारतले ४–० को जित सुनिश्चित गर्‍यो ।

च्याम्पियनसिपमा भारतकी मुन्नी उत्कृष्ट गोलकिपर बन्दा सर्वाधिक गोलकर्ता र मोष्ट भ्यालुएबल प्लेयर बंगलादेशकी अल्पी अख्तर बनिन् ।

माघ १७ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा भारत र बंगलादेशसहित घरेलु टोली नेपाल र भुटान सहभागी भएका थिए ।

साफ यू-१९ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय