+
+

भारतीय नागरिकको हत्या आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १५:३२

२७ फागुन, काठमाडौं । भारतीय नागरिकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

गत २१ गते राति धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको हत्या भएको थियो । प्रहरीका अनुसार भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता गत फागन २१ गते आइतबार साँझ भाइको डेराबाट निस्केका थिए । २२ गते बिहान शिवनगर–जाइ सडकखण्ड नजिकै उनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ पर्नेमा खप्तड छेङेदह गाउँपालिका-२ का राजेन्द्र बुढा र सोही ठेगानाका २० वर्षीय भुपेन्द्र बुढा छन् । प्रहरीका अनुसार गत फागुन २१ गते राति राजेन्द्रले चलाएको अटोमा पसेका मृतक र उनीहरूबीच विवाद भएपछि राति नै हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरूले रिसको आवेगमा हत्या गरेको स्वीकारेका छन् भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?