
२७ फागुन, झापा । प्रहरीले २१.३८ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
मोरङ गोविन्दपुर-२ घर भई हाल मेचिनगर नगरपालिका-१२ कालिझो डाँडा गाउँस्थित मामा घरमा बस्दै आएका १९ वर्षीय अवि नारायण लिम्बुलाई इलाका प्रहरी कार्यालय बुधबारे र प्रहरी चौकी चारआलीको संयुक्त टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले प्लाष्टिक बाहेक २१.३८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसमेत बरामद गरेको छ ।
पक्राउ परेका उनलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4