+
+

चीनमा एकैदिन करिब ३४०० जनामा कोरोना, सांघाईमा विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १०:०५

२९ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा विद्यालयहरु बन्द गरिएको छ । साथै पूर्वोतर केही शहरहरुमा लकडाउन गरिएको छ ।

विश्वभर कोरोना संक्रमितहरुको संख्या ४४ करोड ६६ लाख भन्दा बढी छ । मृतकको संख्या ६० लाख आसपास छ । पछिल्लो एक महिनामा विश्वभर कोरोनाका ५ करोडभन्दा बढी संक्रमितहरु फेला परेका छन् भने दुई लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

संक्रमित बढ्न थालेपछि फ्रान्सले ८० वर्षभन्दा बढी उमेरका नागरिकहरुलाई कोरोना भाइरसको चौथो मात्रा दिने तयारी सुरु गरेको छ । बुस्टर डोज लिएको तीन महिना पूरा भएकाहरुलाई चौथो मात्रा दिइने फ्रान्सका प्रधानमन्त्रीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?