+
+

मृतकका परिवारलाई १८ लाख क्षतिपूर्ति

रासस रासस
२०७८ फागुन २९ गते १५:३१

२९ फागुन, मुग्लिन । फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।

शुक्रबार साँझ शक्तिखोर–फिस्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–२ वर्ल्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नं को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना१क ८१०८ नं को ट्याङ्कर इच्छाकामना–२ रमाइलो डाडाँमा एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा इच्छाकामना–३ का ३० वर्षीय तृर्की गुरुङ र उनका ५ वर्षीय छोरो आरोन तथा इच्छाकामना–२ का २४ वर्षीय नवीन गुरुङको मृत्यु भएको थियो । चितवन प्रहरी प्रवक्ता नरहरी अधिकरीका अनुसार घटना लगत्तै ट्याङ्करका चालक रत्ननगर नगरपालिका–११ का सन्तराम दराईलाई पक्राउ गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?