+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

साउदी अरबका विदेशमन्त्री आज नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते ६:४४

३० फागुन, काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । उनले चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग १ गते भेट गर्ने छन् ।

उनी हाल श्रीलंका भ्रमण गरी नेपाल आउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?