३० फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी क्रिकेट विश्वकप लिग टु का लागि यूएई प्रस्थान गरेको छ ।
श्रीलंकामा एक साता भन्दा बढी तयारी र अभ्यास खेलपछि नेपाली टोली यूएई प्रस्थान गरेको हो ।
लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनी बीचको शृंखला चैत १ देखि ८ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल चैत २ गते पपुवा न्युगिनीसँग खेल्ने छ ।
प्रतिक्रिया 4