+
+

अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि नै सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १५:४६
अन्नपूर्ण केबलकार

३० फागुन, काठमाडौं । पोखराको अन्नपूर्ण केबलकार अब बिहान ५ बजेदेखि नै सञ्चालनमा आउने भएको छ ।

१ चैत्रदेखि बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिका–१८ को सेदीबगरमा निर्माण भएको अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा आउने भएको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिएका छन् ।

बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले सूर्योदय र तथा साँझ सूर्यास्तसम्मको अवलोकन गर्न सक्नेछन् । केबलकार गत ६ फागुनदेखि नै सञ्चालनमा आएको हो । अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ । सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताइएको छ ।

कम्पनीले नेपालीका लागि रु. ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु. ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तोकेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । विद्यार्थीलाई २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

पोखरा र काठमाडौंका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड-१९ को संक्रमणकालीन समय र विभिन्न संरचनाका कारण लागत बढेको बताइएको छ । केबलकारमा स्थानीयको २५ प्रतिशत शेयर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?