
३० फागुन, काठमाडौं । फिल्म हेर्नका लागि अहिले सिनेमा हलमा नै जानुपर्ने बाध्यता छैन । सिनेमा हलकोे पर्दामा फिल्म हेर्नका लागि लामो समय गुजार्नु पनि पर्छ । अहिले ओटीटी प्लेटफर्मका कारण घरमै आफूलाई मन लागेका फिल्म र वेब सिरिज हेर्न सकिन्छ ।
दर्शकहरुका लागि विभिन्न ओटीटी प्लेटफर्ममा हरेक साता नयाँ नयाँ फिल्म र वेब सिरिज रिलिज भइरहेका हुन्छन् । यो हप्ता पनि ओटीटीमा केही यस्ता फिल्म र वेब सिरिज स्ट्रिमिङ हुँदैछन्, जुन दर्शकका लागि प्रतीक्षित छन् ।
जलसा
मार्च १८ अर्थात् आगामी शुक्रबार रिलिज हुने बलिउड फिल्म ‘जलसा’मा विद्या वालनको मुख्य भूमिका रहेको छ । सुरेश त्रिवेणीद्वारा निर्देशित यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ ।
सन्स्पेन्स ड्रामा थ्रिलरमा विद्याका अलावा शेफाली शाह, विधात्री बन्दी, सूर्या काशीभटला, रोहिणी हन्टगडी, श्रीकान्त मोहन यादव लगायतका कलाकारको अभिनय रहेको छ ।
ब्लडी ब्रदर्स
सस्पेन्स थ्रिलर यो वेब सिरिज पनि शुक्रबार नै रिलिज हुँदैछ । ओटीटी प्लेटफर्म जी फाइभमा रिलिज हुने ‘ब्लडी ब्रदर्स’मा जयदीप अहलावत, जितेन्द्र जोशी, श्रुति सेठ, टीना देसाई, कौशिक सतीश, मुहम्मद जिशान अयुब लगायतले अभिनय गरेका छन् ।
क्राकाउ मोन्सटर्स
नेटफ्लिक्समा अर्को वेब सिरिज ‘क्राकाउ मोन्स्टर्स’ पनि यसै साता रिलिज हुँदैछ । हरर जनराको यो वेब सिरिजमा म्याग्डेलेना कोलेसनिक, एन्ड्रेज चियरा, मालगोरजाटा वेला लगायतका कलाकारको मुख्य भूमिका छ ।
अपहरण सिजन २
एक्सन थ्रिलर वेब सिरिज ‘अपहरण सिजन २’ पनि शुक्रबारबाट नै स्ट्रिमिङ हुँदैछ । ओटीटी प्लेटफर्म भूटमा रिलिज हुने यो वेब सिरिजमा अनिरुद्ध सिंह, माही गिल, निधि सिंह, नेहा कौल, पवन चोपडा लगायतले अभिनय गरेका छन् ।
डिप वाटर
हलिउडको साइकोलोजिकल थ्रिलर फिल्म ‘डिप वाटर’ यही शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । यो फिल्ममा जेकब इलोडी, रेचल ब्लेन्कार्ड, फिन विटरक, क्रिस्टन कोन्नोली, बेन एप्लेक र आना दे अमोसको मुख्य भूमिका रहेको छ । फिल्मलाई एड्रिन लिनले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4