
३० फागुन, काठमाडौं । महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापीरूपमा उठाउँदै विश्वव्यापी मानकहरू विषयक दुईदिने दक्षिण एसियाली सम्मेलन काठमाडौंमा हुने भएको छ ।
सोमबारदेखि काठमाडौंमा सुरु हुन लागेको उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्याउन सकिन्छ भन्नेमा जोड दिइने आयोजक संस्थाले आज एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सिमान्तकृतलगायत समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् ।
उनले विगतको तुलनामा अहिले विश्वव्यापीरूपमा हिंसा बढ्नुका साथै तीनको स्वरुप पनि परिवर्तन भइरहेको बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरञ्जन क्षेत्रमा काम गर्नेको पीडालगायत हिंसाको सम्बोधन हुन नसकेको बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रियरूपमै कसरी सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् ।
महिला गैर सरकारी संस्था महासंघको आयोजना एवं राष्ट्रिय महिला आयोग राष्ट्रिय, मानव अधिकार आयोग र एर्भी वुमनको सहकार्यमा आयोजनामा हुन लागेको दुईदिने सम्मेलन गर्न लागिएको महिला गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष शशि अधिकारले बताइन् ।
उक्त सम्मेलनमा दक्षिण एसियाका विभिन्न राष्ट्रका महिला अधिकारकर्मी, लेखक, मानवअधिकारकर्मी, कूटनीतिज्ञ गरी १०० जना सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4