+
+

अस्पतालमा जन्मिएका बच्चाको विवरण अस्पतालबाट सीधै पञ्जीकरण विभागमा

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ११:४०

१ चैत, काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ ।

विभागकी निर्देशक विनिता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै भरेर विभाग आउने व्यवस्था मिलाइएको जानकारी दिइन् । केही समयमै यो व्यवस्था सुरु हुने उनले बताइन् ।

यसो गर्दा कति बच्चा कहिले जन्मिए भन्ने यकिन विवरण आउने र जन्म मिति पनि वास्तविक हुने विभागको विश्वास छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले भनिन्, ‘जन्मदर्ताको समस्या धेरै भयो भन्ने आउने गरेको छ । यसलाई चिर्न हामीले सीधै अस्पतालबाट फारम भरेर विभाग ल्याउन लागिएको हो ।’

तर, घरमै जन्मिएको बच्चाको सन्दर्भमा भने स्वयंले नै जन्मदर्ता नगराउँदासम्म राज्यको जानकारीमा नआउने उनले बताइन् ।

बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने व्यवस्था छ । ३५ दिन भन्दा ढिलो भए विलम्ब शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ । जन्म, मृत्यु, बसाइँरसाइँ लगायतका व्यक्तिगत घटना दर्ता गर्दा अनलाइन फारम भरेर वडा कार्यालयमा जानुपर्छ ।

आमा–बाबु दुबैको पहिचान नभएको, विवाह दर्ता नभएको कारणले बच्चाको जन्मदर्ता नरोकिने विभागकी निर्देशक भट्टराईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?