+
+

सिटी रोकिएपछि लिभरपुललाई प्रिमियर लिगको आशा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १३:००

१ चैत, काठमाडौं । दुई महिना अगाडि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता हासिल गरेको थियो । लिगको साविक विजेता सिटी अर्को खेल सम्ममा दोस्रो स्थानमा झर्ने सम्भावनामा पुगेको छ ।

उपाधि दौडको परिवर्तित मोडमा गएराति सिटीले क्रिष्टल प्यालेससँग सेलहस्र्ट पार्कमा निराशाजनक बराबरी खेल्यो । यो नतिजाले दोस्रो स्थानको लिभरपुललाई इंग्लिस फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिको आशा जगाएको छ ।

एक अंक थपेर सिटीले शीर्ष स्थानमा चार अंकको अग्रता त बनाएको छ । लिभरपुलले एक खेल कम खेलेको छ । आसन्न अन्तर्राष्ट्रिय विश्रामबाट फर्केर अप्रिल २ मा सिटीले वर्नलीसँग खेल्नुअघि लिभरपुलले आगामी बुधबार आर्सनल र अप्रिल २ मै वाटफोर्डसँग खेल्दैछ । सिटी र लिभरपुलले इथिहाड रंगशालामा अप्रिल १० मा खेल्दैछन् ।

क्रिष्टल प्यालेस यो सिजन प्रिमियर लिगमा सिटीको बाधक बनिरहेको छ । गत अक्टोबर ३० इतिहाड रंगशालामै प्यालेसले २–० को जित निकालेको थियो । प्याट्रिक भिएरा प्रशिक्षिक टोलीले घरेलु मैदानमा गरेको प्रदर्शनलाई पनि कमजोर मान्न मिल्दैन ।

जोआओ क्यान्सेलो र केभिन डी ब्रुयनको प्रहार पोष्टमा लागेको थियो । छिटफुट अवसर र केहि काउन्टर एट्याकबाहेक धेरैजसो समय सिटीले खेल नियन्त्रणमा राखेको थियो । प्रशिक्षक पेप ग्वार्डिओलाले खेलमा एउटा पनि परिवर्तन गरेनन् ।

खेलमा उत्कृष्ट अवसर खेर फालेका सिटीका पोर्चुगिज मिडफिल्डर बर्नान्डो शिल्भाले लिगमा ९ खेल बाँकी रहँदा उपाधि रक्षा गर्न आशाबादी रहेको बताए । ‘अझै पनि लामो बाटो तय गर्नुछ,’ शिल्भाले भने, ‘हामी अझै पनि राम्रो स्थितिमै छौं । लिभरपुलको लुतनामा हामी माथि छौं । उनीहरुले अझै हाम्रो रंगशालामा खेल्न बाँकी छ । त्यो खेल रोमान्चक हुनेवाला छ ।’

लिभरपुल अहिले उत्कृष्ट लयमा छ । उसले लिगमा लगातार ८ खेल जितेको छ । सिटीले आफ्नो पछिल्लो सातमध्ये तीन खेलमा अंक गुमाएको छ । जनवरीमा साउथह्याम्प्टनसँग १–१ को बराबरी खेलेको सिटी गत महिना टोटनह्यामसँग ३–२ ले स्तब्ध भएको थियो ।

लिभरपुलको सानदार अग्रपंक्तिले केहि फरक पक्कै पार्नेछ । सिटी अझै पनि एउटा पक्का गोलकर्ताको खोजीमा छ । प्यालेससँगको खेलमा पनि उसले त्यसकै मूल्य चुकाउनुपरेको हो ।

प्यालेसका लागि भने यो गौरवशाली प्रदर्शन थियो । प्रशिक्षक भियराले युरोपको उत्कृष्टमध्येको टिमविरुद्ध आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्टि व्यक्त गरे । ‘यो एउटा टिम प्रदर्शन वास्तवमै राम्रो थियो । आफूभन्दा स्तरीय टिमसँग खेल्दा तपाईंलाई केहि हदसम्म भाग्यको आवश्यकता हुन्छ । हामी धेरैपल्ट भाग्यमानी पनि रह्यौं,’ प्यालेसका प्रशिक्षकले भने । एपीको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?