
१ चैत, काठमाडौं । प्रदेश १ स्तरीय मौलिक बाजा साकेला ढोल र मादलको प्रशिक्षण कार्यक्रम सुनसरीको धरानमा सम्पन्न भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा गत फागुन २० गतेदेखि सुरू भएको प्रशिक्षण कार्यक्रम फागुन ३० गते सम्पन्न भएको हो ।
भरत बुढाथोकी र दिपेश राईले साकेला ढोल र मादलको प्रयोगात्मक तथा सैद्धान्तिक पक्षहरुमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा १० जिल्लाका ६० जना प्रशिक्षार्थीहरु सहभागी थिए ।
धरान नृत्य कला प्रतिष्ठानले स्थानीय व्यवस्थापन गरेको प्रशिक्षण कार्यक्रमका लागि मुनाल सांस्कृतिक केन्द्र र रोएल डान्स एकेडेमीले स्थल उपलब्ध गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4