+
+
क्रिकेट विश्वकप लिग टू :

पिएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १४:५३

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।

शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको हो । पीएनजीका लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए ।

नेपालका लागि साेमपाल कामीले सर्वाधिक ३ विकेट लिए ।

ओपनरद्वय टोनी उरा र लेगा सिएकाले पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । आरिफ शेखले दशौँ ओभरमा २७ रन बनाएका उरालाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउदै ५१ रनको साझेदारी तोडेका थिए ।

यसै खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी डेब्यु गरेका सन्दीप लामिछानेले १३औं ओभरमा अर्का ओपनर लेगा सिएकालाई बोल्ड गर्दै नेपाललाई अर्को सफलता दिलाएका थिए । सिएकाले २५ रन जोडे ।

त्यसपछि कप्तान असद भाला र चार्ल्स अमिनीले इनिङ्स सम्हाल्ने प्रयास गरे । तर यी दुईबीचको ३५ रनको साझेदारी नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २४औं ओभरमा तोडे । भालाले १९ रन बनाए । ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

अर्को ओभरमा हिरी हिरी खाता नखोल्दै आउट भएपछि पीएनजीले ९१ रनमा चौथो विकेट गुमायो ।

त्यसपछि पाँचाै विकेटका लागि अमिनी र चार्ड साेपरले ७४ रनकाे साझेदारी गरे । ४५ अाैं ओभरमा साेमपाल कामीले अमिनीलाई आउट गर्दै साझेदारी ताेडेका थिए ।
त्यसपछि चार्ड साेपर ३५ र नाेर्मन भानुअ २३ रन बनाएर आउट भए ।

नेपालका लागि साेमपाल कामीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख, सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले १-१ विकेट लिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै १० ओभरमा २६ रन मात्र खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?