+
+

लुम्बिनीमा माओवादी केन्द्रको २५३ सदस्यीय समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १५:२६
माओवादी केन्द्रको लुम्बिनी अध्यक्ष चयन भएका सुदर्शन बराल ।

२ चैत, बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ ।

यसअघि प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी घोषणा हुन सकेको थिएन ।

बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकले लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकास मन्त्री समेत रहेका गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो ।

प्रदेश कमिटी उपाध्यक्षहरुमा बर्दियाका दुर्गा थारु, दाङका लुमाकान्त न्यौपाने (सागर) र रोल्पाका बीरबहादुर खत्री, सचिवमा प्युठानका कृष्ण अधिकारी (प्रकाश) चयन भएका छन् ।

सहसचिवहरुमा बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव तथा कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन, लुम्बिनीका इन्चार्ज चक्रपाणी खनाल लगायतले सपथ ग्रहण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?