+
+

तेक्वान्दो टोली बेल्जियम जाने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १६:५७

२ चैत, काठमाडौं । बेल्जियम ओपन जी–२ तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टिमलाई बुधबार विदाइ गरिएको छ । नेपाली टिम बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्नेछ ।

जी–२ विश्व तेक्वान्दो महासंघले मान्यता दिएको आधिकारिक वरीयताप्राप्त प्रतियोगिता हो ।

चैत ५ र ६ गत हुने प्रतियोगितामा ८० केजीमुनि तौल समूहमा धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६८ केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान तथा ५४ केजीमा मोहम्मद उमर खानले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीमा २ खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । १३ औं सागमा वीरबहादुरले स्वर्ण तथा शिशिरले कांस्य जितेका थिए । वीरले ओलम्पिक छात्रबृत्तिसमेत पाएका छन् ।

टोलीका मुख्य प्रशिक्षकमा गोपाल श्रेष्ठ र प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा सैलेश श्रेष्ठ छन् । ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्काले यो प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?