काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले बुधबार पद तथा गोपनियताको शपथ लिएकी छन् ।
सिंहलाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमका बीच शपथ ग्रहण गराएका हुन् ।
२९ फागुनमा भएको कम्पनीको ३३औं वार्षिक साधारण सभाले सिंहलाई सञ्चालक समितिको अध्यक्षमा पुनः निर्वाचित गरेको थियो ।
सपथ ग्रहण कार्यक्रममा बीमा समितिको अध्यक्ष सिलवालले सिंहको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4