
२ चैत, काठमाडौं । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज हुने गरी नेपाल राष्ट्र बैंकले सहज नीति बनाएको छ । बुधबार राष्ट्र बैंकले विदेशी बैंक शाखा अनुमति नीति, २०२२ जारी गर्दै चुक्ता पुँजीको सीमा घटाएको छ ।
यस नीति अनुसार अब नेपालमा शाखा कार्यालय खोल्न चाहाने विदेशी बैंक तथा वित्तीय संस्थाहरुले २ करोड अमेरिकी डलर वा सो सरहको चुक्ता पुँजी भए पुग्नेछ ।
अहिले नेपालका वाणिज्य बैंकहरुको चुक्ता पुँजी कम्तिमा ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुले शाखा खोल्न चाहेमा पनि नेपाली वाणिज्य बैंकहरुको जति नै चुक्तापुँजी चाहिने व्यवस्था थियो ।
विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालमा शाखा खोल्न सहज होस् भनेर यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4