+
+

एन्फाको विशेष साधारण सभा चैत १५ मा, जिल्ला संघको चुनाव वैशाखमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १६:१८

३ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा यही चैत १५ गते हुने भएको छ ।

दुई दिनसम्म चलेर बिहीबार सम्पन्न एन्फाको १८औं कार्यसमिति बैठकले निर्वाचन निर्देशिका परिमार्जन गरी चैत १५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

यसअघि फागुन ८ गते तय गरिएको विशेष साधारण सभा प्राविधिक कारण देखाएर दुई पटक स्थगित भएको थियो ।

एन्फाको बैठकले संघको निर्वाचन कार्यतालिका अनुमोदन पनि गरेको छ । एन्फाको निर्वाचन यसअघि नै २०७९ जेठ १५ गतेलाई तोकिएको छ ।

त्यसैगरी जिल्ला फुटबल संघको निर्वाचन २०७९ वैशाख १ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।

यसअघि फागुन १५ देखि ३० गतेसम्मका लागि जिल्ला फुटबल संघको निर्वाचन तय गरिएको थियो । तर एन्फाको १७औं कार्यसमिति बैठकले निर्वाचन नियमावली तयार नभएको भन्दै अनिश्चितकालका लागि जिल्ला निर्वाचन स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?