+
+

आविष्कार केन्द्रको पहलमा ९ जना विद्यार्थीले छात्रवृत्ति पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १२:२४

४ चैत, काठमाडौं । नेपाल आविष्कार केन्द्रको पहलमा जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ललितपुरको कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले ५ जनालाई सिभिल र ४ जनालाई कम्प्युटर इन्जिनियरिङतर्फ ५० प्रतिशत छात्रवृत्ति दिन लागेको हो ।

सिभिल इन्जिनियरिङका लागि पाँच जना विद्यार्थीलाई कुल ३२ लाख र कम्प्युटर इन्जिनियरिङतर्फ ४ जनालाई २० लाख छात्रवृत्ति दिने कलेजले निर्णय गरेको जनाएको छ ।

छात्रवृत्तिको लागि इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले आवेदन दिन सक्ने कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताए ।

नेपाल आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि कलेजमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?