+
+

युक्रेनको विमानस्थल नजिकै रुसी मिसाइल प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १४:०३

४ चैत, काठमाडौं। रुसले पश्चिमी युक्रेनस्थित लभिभ विमानस्थलमा मिसाइल प्रहार गरेको छ ।

रुसी सेनाका लडाकु विमानले शुक्रबार बिहानै लभिभ विमानस्थलमा क्रुज मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । मिसाइल प्रहारबाट एउटा फ्याक्ट्री ध्वस्त भएको र विमान मर्मत सम्भार हुने एक ग्यारेजमा क्षति पुगेको छ ।

युक्रेनको वायु सेनाले रुसद्वारा प्रहार भएका ६ वटा क्रुज मिसाइलमध्ये २ वटा आकाशमै ध्वस्त पार्न सफल भएको बताएको छ ।

गत हप्ता रुसले लभिभ शहरस्थित एक सैन्य तालिम केन्द्रमा हवाइ हमला गरेको थियो । हालसम्म उक्त शहरमा रुसी र युक्रेनी सेनाबीच कुनै भिडन्त भने भएको छैन ।

नेटो सदस्य पोल्याण्डबाट ७० किलोमिटर टाढा अवस्थित लभिभ पूर्वी युक्रेनबाट आएका मानिसको आश्रयस्थल बनेको छ । उक्त शहरमा पश्चिमी मुलुकले युक्रेनलाई दिँदै आएका हात-हतियार समेत भण्डारण हुने गरेको बताइन्छ ।

रुसले पोल्याण्डबाट आउने हात-हतियार रोक्ने प्रयास स्वरुप पछिल्लो आक्रमण गरेको हुन सक्ने बीबीसीका संवाददाताले जनाएका छन् । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?