
४ चैत, काठमाडौं । बिहीबार साँझदेखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन् ।
शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा आएको महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले बताए ।
स्रोतका अनुसार उनलाई एकजना १५ वर्षीय बालकले घर पुर्याइदिन्छु भन्दै बिहीबार साँझ लगेका थिए । साथीहरुसँग होली खेल्न गएका वेला साँझ ५ बजेदेखि उनी हराएकी थिइन् ।
शेर्पा कहाँ गएकी थिइन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4