+
+

सञ्चारिका समूह लुम्बिनीमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १८:१९

५ चैत,बुटवल । सञ्चारिका समूहको लुम्बिनी प्रदेश अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित भएकी छन् ।

शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिवमा मेनका कुमारी चौधरी, सचिवमा माया केसी र कोषाध्यक्ष उषाकिरण पन्थ सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यहरुमा रिया बस्नेत, विष्णु खनाल, लक्ष्मी बिक, सरिता थारु, अनिता खत्री, रेनुका गिरी, लक्ष्मी तिमिल्सिना, गीता ज्ञवाली, रञ्जिता अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेशकी कानून महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पत्रकार महिलाहरुको क्षमता विकास हुनुपर्नेमा जोड दिइन् ।

संविधानसभा सदस्य विनोद पहाड र नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले पत्रकारिता क्षेत्रमा टिक्न महिला पत्रकारहरु क्षमतावान बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?