+
+

‘पिर’को भिडियोबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १८:३५

५ चैत, काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?