+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फेसबुक र इन्स्टाग्राममा बज्ने नेपाली गीतले रोयल्टी पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते ११:२१

६ चैत, काठमाडौं । अबदेखि फेसुबक र इन्स्टाग्राममा बज्ने नेपाली गीतका कलाकार तथा सर्जकले रोयल्टी पाउने भएका छन् । संगीत रोयल्टी संकलन समाज र फेसबुकको माउ कम्पनी मेटाबीच मार्च १६ मा ‘म्युजिक लाइसेन्सिङ एण्ड पब्लिसिङ’ सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार मेटाका प्लेटफर्ममा पोस्ट हुने नेपाली गीत संगीतका कलाकार तथा सर्जकले रोयल्टी पाउनेछन् ।

मेटाका संगीत रणनीति अभियान विभाग हेर्ने माइकल किङ र समाजको तर्फबाट प्रमुख सूचना प्रविधि अधिकृत मंगेश दत्तबीच सम्झौता भएको हो । ‘अबदेखि फेसबुक र इन्स्टाग्रामसहित मेटाका सबै प्लेटफर्ममा नेपाली गीत प्रयोग भएको खण्डमा रोयल्टी आउँछ,’ दत्तले अनलाइनखबरलाई भने ।

‘फेसबुक र इन्स्टाग्रामका स्टोरी, टाइमलाइन, रिल्सदेखि सबै फिचरमा अपलोड हुने गीतबाट रोयल्टी आउँछ,’ उनले भने ।

भारतीय म्युजिक प्लेटफर्म गाना, सावनजस्ता एपसँग पनि समाजले रोयल्टी सम्झौता गरेको छ । नेपाली संगीत वितरण कम्पनी बिट्स म्युजिकका सीईओ समेत रहेका दत्तले अप्रिलदेखि मे महिनासम्म टिकटक, स्पटीफाइ र युट्युबसँग यस्तो सम्झौता हुने तयारीमा रहेको बताए ।

दत्तकै नेतृत्वमा अहिले समाजले टिकटकसँग छलफल गरिरहेको छ । रोयल्टी पाउन भने सर्जकले रोयल्टी संकलन समाजमा गीत दर्ता गर्नुपर्ने हुन्छ ।

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी रोयल्टी पाउने नेपाली गीत ‘फुलबुट्टे सारी’ हो । जसले १० लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको छ । ‘पछिल्लो समय सर्जक रोयल्टीलाई लिएर सचेत हुन थाल्नुभएको छ,’ दत्तले भने, ‘नेपाली गीतहरुले पनि धमाधम रोयल्टी पाउन थालेका छन् ।’

दत्त सीईओ रहेको वितरण कम्पनी बिट्सले अहिले नेपाली गीत संगीतलाई रोयल्टी दिलाउन पहल गरिरहेको छ । ‘यो निकै ठूलो बजार हो,’ दत्तले भने, ‘रोयल्टीतर्फ मात्र लाग्यौं भने पनि संगीतको अर्को बजार खोज्नुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?